द्धन्द्धकालको घटना व्यूझाउनु बादरे प्रवृति : रायमाझी

top bahadur
बैशाख १२,रूपन्देही– एकिकृत नेकपा माओबादीका केन्द्रिय सदस्य एंव पूर्वमन्त्री टोपबहादुर रायमाझीले द्धन्द्धकालको घाउ कोट्याएर सरकारले बादरले प्रवृत्ति देखाएको टिप्पणी गर्नुभएको छ । उहााले बृहत शान्ति सम्झौता र अन्तरिम संविधानमै सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गरि द्धन्द्धकालिन घटनाको समाधान गर्ने सहमति भइसकेकाले एउटा एउटा घटना कोट्याएर द्धन्द्ध बढाउने काम भएको बताउानुभयो ।
एमाओबादी रुपन्देहीको चौथौ जिल्ला सम्मेलनको शुक्रबार बुटवलमा उद्घाटन गर्दै नेता रायमाझीले अरु घटना विर्सन सकिएपनि द्धन्द्धकालिन घटनालाई अदालत र प्रहरीकोमा पुर्‍याउनु गम्भिर भएको बताउानुभयो । द्धन्द्धकालमा भएको घटनाको नाममा अनसन बस्दैमा अदलतले फैसला गर्ने र प्रहरीले पक्राउ गर्न मिल्छ’ रायमाmभीले आक्रोशित हुदै भन्नुभयो सरकारपक्षले १५ हजारको हत्या गरेको छ, तीनका परिवार अनसनमा बसे के हुन्छ ’ ।
आफुहरुले शान्ति चाहेको र समयमै संविधान निर्माण गर्ने प्रयासमा लागेको बताउादै  द्धन्द्धकालिन घाउ गिजोलेर शान्ति प्रकृया र संविधान निर्माणलाई नविथोल्न सरकारलाई आग्रह गर्नुभयो । उहााले काग्रेस एमालेले सेना समायोजन भएको खण्डमा संविधान बन्ने ठाकेुवा गरेपनि सेना समायोजनपछि फेरी अर्को किचलो निकालेर संविधान विघटन गराएको अरोप लगाउनुभयो । अहिले एमाओबादीले समयमै संविधान निर्माण गर्नुपर्छ भनेर लागेपनि सरकारपक्षका दलहरु स्थानीय निकायको निर्वाचनको वाहनामा फेरी पनि संविधान नबनाउने षडयन्त्रमा लागेको बताउानुभयो ।
जिल्ला सम्मेलनलाई लक्षित गर्दै नेता रायमाझीले एमाओबादी शान्ति प्रकृयामा आएपछि जनता र कार्यकर्तासाग भेटघाट नगरि नेताको वरिपरि घुम्दा संगठन कमजोर भएको बताउानुभयो । सम्मेलनले अब पार्टीभित्र रहेको कमजोरी सच्चाउादै अब कार्यकर्ता र जनताले नेता छान्ने विधिको शुरुवात गरेको समेत बताउानुभयो । एमाओबादी अवद्यराज्य संयोजक चन्द्रप्रकाश खनाल ‘वलदेव’ले राष्ट्रिय सम्मेलनले एमाओबादीको संगठन सुदृढीकरण गरेर भद्धा कमिटीलाई सानो आकारमा ल्याउने बताउनुभयो ।
सम्मेलनको उद्घाटनसत्रमा एमाओबादीका नेता गिरीधारीलाल न्यौपाने,नवलपरासी संयोजक घनश्याम यादव,गुल्मी संयोजक सुर्दशन बराल,नेकपा एमालेका रुपन्देही अध्यक्ष भोजप्रसाद श्रेष्ठ,राष्ट्रिय जनमुक्ति पार्टीका भैरव थापा,राष्ट्रिय जनमोर्चाका दीपक पौडेल,पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेल,नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष यानेन्द्र जी.सी.,रुपन्देही व्यापार संघका अध्यक्ष श्रीकृष्ण पोखरेल,होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका महासचिव समुन्द्र जी.सी.लगायतले बोल्दै सम्मेलनको शुभकामना दिनुभएको थियो । जिल्ला संयोजक वामदेव क्षेत्रीको अध्यक्षता,माधव शर्माको सञ्चालन एंव हकिकुल्लाहा खााको स्वागतमा कार्यक्रम भएको थियो ।
एमाओबादीका अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता बाबुराम भट्टराई आउने भनिएपनि नआएपछि बुटवल बहुमुखिमा हुने भनिएको सम्मेलनको उद्घाटनसत्र कान्तिसभागृहमा गरियो । भने र्‍याली समेत स्थगित गर्नुपरेको थियो । सर्वसहमतीमा नेतृत्व चयन गर्ने भनिएपनि आकाक्षीहरु धेरै भएपछि चुनावै हुने नेताहरुले बताएका छन् ।