आईपिएल क्रिकेटमा कोलकत्ता नाइट राइडर्सलको रोमान्चक जित

वैसाख १२, एजेन्सी– आईपियल क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंग्लोरमाथि २ रनको हात पारेको छ ।
युएईको शारजहाा स्टेडियममा गयराती भएको खेलमा कोलकत्ताले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको बैंगलोर १ सय ४८ रनमा सिमित भयो ।
पहिले व्याटिङ गरेको कोलकत्ताले २० ओभरमा सात विकेट गुमाएर १ सय ५० रन बनाएको थियो । ज्याक कालिस र क्रिस गेलले कोलकत्ताका लागि ८२ रन बनाएका थिए । ३ चौका र ३ छक्काको मदतमा क्रिस गेलले ४५ रन बनाए भने ज्याक कालिसले ४३ रन जोडे । त्यसैगरी सुर्य कुमार यादवले नटआउट २४ रन जोडे भने उथप्पाले २२ रनको योगदान गरे । कप्तान गौतम गाम्भीर र अर्का व्याट्सम्यान यूसुफ पठानभने शुन्यमा आउट भए ।
जवाफमा मैदान उत्रिएको बैंग्लोरको ५ विकेटको क्षतिमा १ सय ४८ रन मात्र बनाउन सक्यो । उसले राम्रो सुरुवात गरेपनि त्यसलाई निरन्तरता दिन सकेन । बैग्लोरका लागि ओपनर योगेश पकावलेले ४० रन बनाए भने पार्थीव पटेलले २१ जोडे । विराट कोहली र युवराज सिंहको ५५ रनको साझेदारी जितका लागि प्रयाप्त भएन ।