ब्रिटेन प्रहरीको आग्रह

वैसाख १२, एजेन्सी– आतंककारी गतिबिधिमा सहभागी हुनबाट रोक्न ब्रिटेन प्रहरीले त्यहााका मुस्लिम महिलालाई केन्द्रित गर्दै एक अभियान चलाएको छ । प्रहरीले ब्रिटेनका मुस्लिम महिलालाई आफ्ना नातेदारहरुलाई सिरियामा जारी द्वन्द्वमा सहभागी हुनबाट रोक्न आग्रह गरेको छ ।
ब्रिटेन प्रहरीको आतंककारी बिरोधी शाखाका अधिकारीका अनुसार यस अभियानले आतंककारी गतिबिधिमा सहभागी हुन जाने आफ्ना नातेदारलाई महिलाहरुले रोक्न सक्ने विश्वास लिईएको छ ।
सिरियामा राष्ट्रपति बशर अल असादको सरकार बिरुद्ध भईरहेको गृह युद्धमा सामेल भएका ब्रिटेन मुस्लिम पुरुषहरु ठूलो संख्यामा मारिएका छन् ।
यसलाई मध्यनजर गर्दै महिलालाई यस अभियानमा सहभागी गराउन लागिएको प्रहरीको भनाई छ । सिरियामा जारी सरकारबिरोधी युद्धमा सहभागी हुन गएका ब्रिटेन मुस्लिमहरु उतै मारिने गरेको प्रति बेलायतमा चिन्ता बढेको छ ।