अन्तरर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी व्यवसायीको हडताल

वैसाख १२,काठमाडौं–बुधबार साझ अन्तरर्राष्ट्रिय विमानस्थलमा भएको झडपपछि अन्तरर्राष्ट्रिय विमानस्थलमा विहिबारदेखि हरियो नम्बर प्लेटका ट्याक्सी व्यवसायीले कुनै पनि ट्याक्सीहरु चल्न दिएका छैनन् । व्यवसायीका हडतालका कारण यात्रुहरु समस्यामा परेका छन् ।
विमानस्थलमा कालो नम्बरप्लेटका ट्याक्सी र हरियो नम्बर प्लेटका ट्याक्सी व्यवसायीबीचको विवादका कारण बुधबार कुटाकुट भएको हो । कालो नम्बर प्लेटका ट्याक्सी व्यवसायीहरु एमाले समर्थित स्वतन्त्र यातायात मजदुर संगठनमा आवद्ध छन् भने हरियो प्लेटका व्यवसायीहरु कांग्रेस र माओवादी समर्थक हुन् ।
‘त्रिभुवन विमानस्थल प्रशासनसाग हरियो प्लेटका व्यवसायीले लिखित सम्झौता गरेपछि विमानस्थलमा कालो प्लेटका ट्याक्सीलाई निश्चितत ठाउामा मात्रै थोरै संख्यामा राख्न दिइने गरेको छ । ‘यहाा कालो प्लेटको मिटरवाला ट्याक्सी पाइन्छ’ भन्ने बोर्ड राखेर निश्चित ठाउा छुट्याउनुपर्ने सहमति भए पनि त्यो बोर्ड हरियो ट्याक्सीवालाले राख्न नदिएपछि झडप भएको थियो ।
‘बोर्ड राख्न विमानस्थल कर्मचारी र प्रहरी खटिएका बेला हरियो ट्याक्सीवालाले अवरोध गरेपछि बुधबार सााझ प्रहरीले उनीहरुमाथि लाठीचार्ज गरेको थियो । हरियो ट्याक्सी सञ्चालकले भने कालो ट्याक्सीवालाले जबरजस्ती गरेको र आफूहरुमाथि प्रहरीले अन्याय गरेको आरोप लगाउादै विमानस्थलमा हडताल गरेका हुन् ।