एमाले महाधिवेशन नजिकिदै, अध्यक्षका लागि गुटगत भेला तिव्र

वैसाख १२, काठमाडौ–नेकपा एमालेको नवौ चलहपहल दिन प्रतिदिन वढिरहेको छ । आगामी अध्यक्षका लागि वरिष्ठ नेता माधव कुमार नेपाल र केपी शर्मा ओलीको उम्मेदवारी घोषणा गरेका छन । दुवै पक्षले आफुनो वल देखाउन गुटगत भेला र छलफललाई तिव्रता दिएका छन् ।
प्राय हरेक दिन काठमाडौंमा गुटगत भेला भएका छन् । दुवै पक्षले आफ्नो उम्मेदवारी के का लागि ? आफु कसरी वलियो? भन्ने बारे कार्यकर्तालाई जानकारी गराउने र प्रतिष्पर्धी कमजोर अवस्थामा रहेको बताउादै आएका छन् ।
आरोप प्रत्यारोप र कटाक्ष दुवैतर्फबाट जारी रहेका छन् । उपाध्यक्ष बामदेव गौतम र महासचिव ईश्वर पोखरेलले ओली सहित स्थायी समितिको बहुमत पक्षले वरिष्ठ नेता ओलीलाई प्रस्ताव गरेलगत्तै भीम रावल, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे लगायतका नेताहरुले भने नेता नेपाललाई अध्यक्षको उम्मेदवारका रुपमा घोषणा गर्दै प्रचार अभियान तिव्र पारेका छन ।
अध्यक्ष झलनाथ खनाल भने सर्वसहमति भएको अवस्थामा आफुले नेतृत्व लिन तयार रहेको तर निर्वाचनमा नजाने स्पष्ट पारिसक्नुभएको छ ।
तर ओली पक्षमा खुलेर लागेका एमाले सचिव विष्णु पौडेलले भने अध्यक्ष खनालले नेतृत्व दावी गर्नु स्वभाविक भएको बताउाछन् । उहााले अहिलेपनि ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउने प्रयास भईरहेको बताउनुभयो ।