मन्त्रिपरिषद बैठक वस्दै

वैसाख १२,काठमाडौ–मन्त्रिपरिषद बैठक आज बस्ने भएको छ । चालु अधिवेशनलाई अन्त्य गर्ने वा संसद बैठक केही दिन स्थगित गर्ने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ । बैठक दिउसो १ बजे बस्दैछ ।
चालु अधिवेशनलाई अन्त्य गरी केही दिनपछि वर्षे अधिवेशन आव्हान गर्ने सरकारको तयारी छ । वर्षे अधिवेशनलाई बजेट अधिवेशन पनि भनिन्छ । बजेट अधिवेशनमै प्रि बजेट छलफल पनि हुने प्रावधान रहेको छ ।
संसद् सचिवालयमा सरकारका तर्फबाट कुनै विधेयक दर्ता नभएपछि अधिवेशन अन्त्यको तयारी भएको स्रोतको भनाइ छ ।