संविधानसभा अन्तरगतका समितिको सभापतिका लागि मतदान हुने

वैसाख १२,काठमाडौ–संविधानसभा अन्तरगतका पााच समितिको सभापति चयनका लागि मतदान हुादै छ । चारवटा समितिमा निर्विरोध चयन हुने भएको छ भने संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको सभापतिमा  दुईजनाको मनोनयन परेको छ ।
संविधानसभाका प्रमुख दल नेपाली कांग्रेस, एमाले र एकीकृत माओवादीबीच यसअघि भएको सहमति अनुसार नै विहिवार उम्मेदवारी दर्ता भएको हो । संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको सभापतिमा एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराई र खुम्बुवान राष्ट्रिय मोर्चाका रामकुमार राईले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी संविधान मस्यौदा समितिमा नेपाली कांग्रसका महामन्त्री कृष्ण सिटौलाको उम्मेदवारी परेको छ भने अभिलेख अध्ययन तथा निक्र्यौल समितिमा एमालेका विष्णु पौडेलको उम्मेदवारी परेको छ ।
संविधानसभाको क्षमता अभिबृद्धि तथा स्रोत व्यवस्थापन समितिको सभापतिमा मधेसी जनअधिकार फोरम नेपालकी लक्ष्मी चौधरी र नागरिक सम्बन्ध समितिमा नेकपा संयुक्तकी प्रमिला रानाको उम्मेदवारी परेको छ ।
समिति सभापतिका लागि आज सााझ ५ बजे निर्वाचन हुने छ । अघिल्लो संविधानसभामा १४ वटा समिति रहेकोमा अहिले घटाएर ५ वटा मात्रै बनाइएको छ ।
यसैबीच, एमाओवादीका नेता बाबुराम भट्टराईले आज हुने निर्वाचनमा सबै राजनीतिक दलहरु र सदस्यको पूर्ण सहयोग र समर्थनका लागि आग्रह गर्नुभएको छ ।
उहााले आफू समितिको सभापतिमा निर्वाचित भएमा संविधानका अहिलेसम्मका असहमति र सबै विषयमा सहमति कायम गरेर आगामी माघ ८ गतेसम्म नयाा संविधान दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।