अध्यक्ष थापा विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी

surya b thapaवैसाख ११, काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीबीच एकीकरण भएको एक वर्ष पनि बित्न नपाउादै अध्यक्ष सूर्यबहादुर थापाविरुद्ध अविस्वासको प्रस्ताव ल्याउने तयारी भएको छ ।
गत वर्ष पार्टी एकता महाधिवेसन हुादा अध्यक्ष एकएक वर्षमा परिवर्तन गर्ने सहमति भएको थियो । सो सहमतिअनुसार आगामी जेठ ६ मा अध्यक्ष पद सुम्पनुपर्ने हुन्छ । तर थापाले अध्यक्ष नछाड्ने संकेत गरेपछि थापाविरुद्ध केही नेताहरु अविश्वासको प्रस्ताव ल्याउने तयारीमा जुटेका छन् ।
विषेशगरेर पार्टीभित्र बौद्धिक छवि बनाएका भनिएका डा. प्रकाशचन्द्र लोहनी आगामी जेठ ६ मा अध्यक्ष थापाले पद नछाडे अविश्वासको प्रस्ताव ल्याएर भए पनि थापालाई हटाउने पक्षमा जुटेका छन् । डा. लोहनीलेका अनुसार एकबर्षअघिको सहमति कार्यान्वयन नभए उहााविरुद्ध नै अविश्वासको प्रस्ताव ल्याउने तयारी भइसकेको छ । यदि जेठ ६ मा थापाले नेतृत्व छाडे तनि वर्षपछि पार्टीको नेतृत्व लोहनीको हातमा आउाछ ।
एकता महाधिवेसन कार्य सम्पादन समितिले पार्टीको नाम राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टी राख्ने प्रस्तावलाई ७५ वटै जिल्लाका सभापतिहरुको दवावमा पार्टीको नाम राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टी राखिएको थियो । सोही अनुरुप एकता महाधिवेसनमा पहिलो एक वर्ष थापाले अध्यक्ष नेतृत्व गर्ने, त्यसपछि क्रमश: लोकेन्ऽबहादुर चन्द, पशुपतिसमशेर जबरा र डा. लोहनीले पार्टीको नेतृत्व गर्ने सहमति बनेको थियो । सोही सहमति बमोजिम अध्यक्ष परिवर्तन गरिनुपर्ने अडानमा लोहनी छन् ।
पार्टी एकीकरणका बेला भएको सहमति अनुसार आगामी जेठ ६ मा अध्यक्ष थापाले लोकन्द्रबहादुर थापालाई अध्यक्षको जिम्मेवारी सुम्पनुपर्ने हुन्छ तर अध्यक्ष थापाले त्यसलाई इन्कार गरिरहेकाले पार्टीमा रडाको मच्चिन थालेको छ । जेठ ६ मा अध्यक्ष थापाले सहजरुपमा अध्यक्ष नछाडे जसरी पनि हटाउने अभियान सञ्चालन शुरु भइसकेको छ ।
दोस्रो संविधानसभाको निर्वाचनमा धनकुटाबाट प्रत्यक्ष निर्वाचन जितेका अध्यक्ष थापाका छोरा सुनिल थापालाई वाणिज्य तथा आपूर्ती मन्त्री बनाएपछि पार्टीभित्र देखिएको विवाद अहिले अध्यक्ष थापालाई अध्यक्षबाट हटाउने अभियानसम्म पुगेको छ ।
एकीकरणका बेला अध्यक्ष आलोपालो हुने सहमति बनेको भए पनि पार्टी अध्यक्ष सूर्यबहादुर थापाले एक पटक पनि पार्टीको बैठक नबोलाएको, पार्टीलाई आफुखुसी चलाउन खोजेको,  वरिष्ठहरुलाई पाखा लगाएको जस्ता आरोप लोहनीले लगाएका छन् ।
संविधानसभामा मनोनित गरिने २६ जनाको कोटामा पार्टीका वरिष्ठ नेता पशुपति शमसेर राणालाई पार्न अध्यक्ष थापाले राणाको नाम प्रस्ताव गरेपछि राणा पार्टी अध्यक्ष परिवर्तनको पक्षमा मौन छन् । भावी अध्यक्षका दावेदार चन्द भने सम्पर्कमा आउन चाहेनन् ।