अदालति सुनुवाई अगाडि बढाउ

वैशाख ११, एजेन्सी– बङ्गलादेशको उच्च अदालतले प्रतिपक्षी नेता खालेदा जियामाथि नगद हिनामिनाको मुद्दामा अदालती सुनुवाइ अगाडि बढाउन आदेश दिएको छ ।
यसअघि दुई पटक प्रधानमन्त्री भइसकेका जियाले यस मुद्दाको सुनुवाइ रोक्न गरेको  आग्रहलाई उच्च अदालतले अस्वीकार गरेको छ ।
उनले ६ लाख ५० हजार अमेरिकी डलर बराबर हिनामिना गरेका भनी उनीमाथि औपचारिक रूपमा मुद्दा दायर भएको छ । मुद्दामा आगामी सोमबारदेखि सुनुवाइ हुने अनुमान गरिएको छ ।
जेठा छोरा तारिक रहमानसहितको पााच व्यक्तिले उहााको पतिको स्मृतिमा स्थापना हुने अनाथालयका लागि छुट्याएको दुई करोड १५ लाख टाका पनि हिनामिना गरेको आरोप लगाइएको छ ।
प्रधानमन्त्री शेख हसिना पुन: निर्वाचित भएको दुई सातामा जियामाथि अभियोग लगाइएको हो ।
जनवरी ५ मा भएको आमनिर्वाचनलाई बीएनपी तथा उसका १८ सहयोगी दलले बहिष्कार गरेका थिए ।