च्याम्पियन्स लिग फुटबलको सेमीफाइनल चरण रोमाञ्चक

वैशाख ११, एजेन्सी च्याम्पियन्स लिग फुटबलको सेमीफाइनल चरण रोमाञ्चक बन्न पुगेको छ । गएराति भएको खेलमा रियल मड्रिडले होम ग्राउन्डमा वायन म्यूनिखलाई १–० गोल अन्तरले पराजित गरेपछि सेमीफानल रोमाञ्चक मोडमा पुगेको हो । मंगलबार राति भएको खेलमा पनि चेल्सी र एथलेटिको मड्रिडले बराबरी खेलेका थिए ।
गएरातिको खेलमा रियलकालागि करिम बेन्जामिले पहिलो हाफमै गरेको गोल निर्णायक भएको थियो ।
होम ग्राउन्डमा एक सून्यले विजयी भएको रियललाई अर्को सेमीफाइनलमा भने फाइदा पुग्ने अनुमान गरिएको छ ।