आइपिएल क्रिकेट आज पनि

वैशाख ११, एजेन्सी– इन्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्र्तगत आजपनि एउटामात्रै खेल हुने भएको छ । युएईमा जारी प्रतियोगिता अन्र्तगत आज राति सवा ८ बजेपछि सुरुहुने खेलमा बेग्लोर र कोलकत्ता नाईटराईडर्स भिड्ने भएका छन् । अहिले सम्म अपाराजित रहेको बेंग्लोर आज विजयी भए नेटरनरेटका आधारमा शीर्ष स्थानमा पुग्ने छ । तर कोलकत्तापनि दोस्रो जितको खोजीमा हुने छ । २ खेल खेलको कोलकत्ताले एकमा जीत र  एकमा हार व्यहोर्दै २ अंकका साथ पााचौ स्थानमा छ ।
यस्तै गएराति भएको खेलमा चेन्नाई सुपर किंग्सले राजस्थान रोयल्सलाई ७ रनले पाखा लगाएको थियो ।
चेन्नाईकालागि अलराउन्डर रविन्द्र जडेजाले बलिङ र व्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेपछि राजस्थान ७ रनले पराजित भएको हो । १ सय ४१ रनको लक्ष्य पछ्याएको राजस्थान १९ दशमलब ५ ओभरमा १ सय ३३ रनमा समेटिएको थियो । चेन्नाईकालागि जडेजाले ३६ रन बनाउनका साथै ४ विकेट लिएका थिए ।