सिरियामा राष्ट्रपतिका पहिला प्रतिद्वन्द्वी

वैशाख ११, एजेन्सी– सिरियामा राष्ट्रपति पदका लागि आउादो निर्वाचनका लागि एक कम्युनिस्ट सांसदले पहिलोपटक प्रतिद्वन्द्वीता दर्ता गराएका छन् ।
यस निर्वाचनबाट वर्तमान राष्ट्रपति बसार अल–असाद सत्तामा कायमै रहने अनुमान गरिएको छ ।
उच्च संवैधानिक अदालतबाट सांसद महेर अब्देल हाफिज हाजारले सिरियाली अरब गणतन्त्रको राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेको एएफपीले जनाएको छ ।