ओलीले सेन्टिमेन्टल ब्ल्याकमेलिङ गरेको आरोप

वैशाख १०, काठमाडौ–एमाले युवा नेता घनश्याम भूसालले नवौं महाधिवेशनका अध्यक्षका प्रत्यासी केपी शर्मा ओली समूहले सेन्टिमेन्टल ब्ल्याकमेलिङ गरेको आरोप लगाउनुभएको छ । राजधानीमा आज भएको कार्यक्रममा भूसालले विचार, सिद्धान्त र स्वास्थ्यका दृष्टिले बरिष्ठ नेता माधवकुमार नेपाल नै अध्यक्षका लागि उपयुक्त भएको जिकिर गर्नुभयो। बरिष्ठ नेता नेपालका विगतका कतिपय अवगुणलाई केलाउने बेला अहिले नभएको उहााले बताउनुभयो । भूसालले नेपाल आफूहरुको विचारको प्रवक्ताको रुपमा आउने समेत बताउनुभयो । त्यस्तै कार्यक्रममा उपाध्यक्षका दावेदार भीम रावल र महासचिवका दावेदार सुरेन्ऽ पाण्डेले स्पष्ट रुपमै नेपाल अध्यक्षका उम्मेदवार रहेको बताउनुभयो । कार्यक्रममा एमाले नेता योगेश भट्टराईले पुरानो पुस्ता र नयाा पुस्ताको नेतृत्व माधव नेपालले गर्ने बताउनुभयो ।