वैशाख १०, काठमाडौ–उपप्रधान तथा गृहमन्त्रि बामदेव गौतमले सरकारले छिट्टै राष्ट्रिय परिचयपत्र लागु गर्ने बताउनुभएको छ । माहिला कानुन र विकास मञ्चले गरेको अध्ययनमा आधारित “नेपालमा नागरिकता प्रमाणपत्रको प्राप्ती,प्रवृत्तिहरु,बाधाहरु र असरहरुको बुझाई” नामक पुस्तकको काठमाडौंमा विमोचन गर्दै उपप्रधानमन्त्री गौतमले नागरिकतासम्बन्धी सबै समस्याहरुको समाधान हुने गरी राष्ट्रिय परिचय पत्र वितरणको तयारी भैरहेको बताउनुभयो । नागरिकता वितरणका सन्दर्भमा नेपाल पश्चिमा देशहरुजस्तो खुल्ला पनि हुन नसक्ने र अत्यन्तै कडा पनि हुन नसक्ने अवस्थामा रहेकोले नागरिकताका विषयमा केही समस्याहरु देखिएको गौतमको भनाई छ । समस्याकै रुपमा सावर्जनिक गरिएका केही तथ्यहरु भने गलत एको दावी गर्दै गौतमले धर्म वा जातका आधारमा नागरिकता लिन कसैलाई विभेद नगरिएको स्पष्ट पार्नुभयो । आफ्ना नागरिकलाई नागरिकता दिन र राज्यबाट उपलब्ध हुने अधिकार र सुविधा दिनबाट सरकार कहिल्यै पन्छिन नखोज्ने उहाको भनाई थियो । कार्यक्रममा महिला कानुन र विकास मञ्चका कार्यकारी निर्देशक एवं अनुसन्धानकर्ता सविन श्रेष्ठले देशभरी गरिएको अध्ययनका क्रममा २३ प्रतिशतभन्दा बढी नागरिकहरुसंग नागरिकताको प्रमाणपत्र नभएको तथ्य खुलेको बताउनुभयो ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
