वैशाख १०, काठमाडौ–न्याय परिषद्ले सर्वर्ोच्च अदालतमा स्याथी न्यायाधीश नियुक्ति प्रक्रियाप्रति असन्तुष्टी जनाउादै पुनरावेदन अदालत जुम्लाका मुख्य न्यायाधीश एकराज आचार्यले राजीनामा दिनुभएको छ । उहााले आजैको मितिबाट लागू हुने गरी राजीनामा गर्नुभएको हो । हाल काजमा सर्वर्ोच्च अदालतमा कार्यरत आचार्यले प्रधानन्यायाधीश दमोदर शर्मालाई राजीनामा बुझाउनुभएको हो । उहााले आफूभन्दा कनिष्टलाई सर्वोच्चको स्थाई न्यायाधिशमा सिफारिस गरिएकोले आफुले राजीनामा दिएको स्पष्ट पार्नु भएको छ । न्याय परिषद्ले हिजो सर्वोच्चमा रिक्त रहेको स्थायी न्यायाधीशमा नियुक्तिका लागि ८ नाम सिफारिस गरेको थियो । परिषद्ले संसदीय सुनुवाईका लागि नाम सिफारिस गरेको हो । परिषद्ले सर्वोच्च अदालतले यसअघि कारवाहीको लागि सिफारिस गरेको न्यायाधीशको नामसमेत स्थायी न्यायाधीशमा सिफारिस गरेको हो । न्यायपरिषद्ले वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, दीपकराज जोशी, गोविन्दकुमार उपाध्याय, ओमप्रकाश मिश्र, देवेन्ऽगोपाल श्रेष्ठ, चोलेन्ऽशमशेर राणा र जगदीश शर्मा पौडेलको नाम सिफारिस गरेको हो । सर्वोच्चको कारबाहीको सिफारिस परेका राणाको नाम सर्वोच्चकै न्यायाधीशका लागि सिफारिस गरिएको विषय विवादित बनेको छ ।सर्वोच्चका न्यायाधीश सुशीला कार्कर्ी र तर्कराज भट्टको इजलासले २०६८ माघ ९ गते तत्कालीन सूचना तथा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्तालाई भ्रष्टाचारी ठहर गरेको फैसलामा राणालगायत तीन न्यायाधीशलाई कारबाही गर्न भनेको थियो ।
अन्तरबार्ता
फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो दायित्व – वातावरण विज्ञ अमात्य

साउन २३, काठमाडौं – काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख
विचार
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।