युएईका दुई एक्सचेन्जसाग बेष्ट रेमिटको सम्झौता

वैसाख १०,काठमाडौं–नेपालको निजी क्षेत्रको रेमिट्यान्स कम्पनी वेष्ट रेमिट नेपाल प्रालि र सयुक्त अरब इमिरेट्स (युएई) को अल घुराइर एक्सचेन्ज तथा अलनिल एक्सचेन्जबीच रेमिट्यान्स सम्वन्धी छुट्टाछुट्टै सम्झौता भएको छ ।
सम्झौतापत्रमा वेष्ट रेमिटका प्रमुख संचालन अधिकृत अनिल कुमार कर्ण र अलघुराइरका महाप्रवन्धक हेल्मी युसुफ तथा अलनिलका नायव महाप्रवन्धक निशान प्रविणले हस्ताक्षर गरे । यो सम्झौतासागै युएईका विभिन्न शहरमा छरिएर रहेका नेपालीहरुले अलनिलका ४ शाखा तथा अलघुराइरका १७ शाखामार्फत आफुले कमाएको रकम शुरक्षित तवरले स्वदेश पठाउन पाउने भएका छन् ।
सम्झौतापछि वेष्ट रेमिटका प्रमुख संचालन अधिकृत कर्णले यो सम्झौताले युएईमा रहेका नेपालीको दु:खको कमाई उनीहरुको घरपरिवारमा पुर्‍याउन थप सहज हुने बताउदै युएईकै अन्य एक्सचेन्ज हाउस तथा खाडिका अन्य मुलुकका एक्सचेन्ज हाउससाग पनि सम्झौताको तयारी भैरहेको बताए ।
गैरआवासीय नेपालीहरुको संयुक्त लगानीमा स्थापित वेष्ट रेमिट नेपाल प्रालिले विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याइरहेको छ । मुलुकभित्र आफनो १४ सयभन्दा बढी एजेण्ट, सव–एजेण्ट तथा विभिन्न वैंक तथा वित्तिय संस्थाहरुबाट बेष्टले रेमिट्यान्स भुक्तानी सेवा दिइरहेको छ ।