ग्रामीण अर्थ व्यवस्थालाई केन्द्रित गर्नपर्छ

ceo  Gobinda Upadhyaya2गोविन्दप्रसाद उपाध्याय,प्रमुख कार्यकारी अधिकृत, एपेक्स डेभलपमेन्ट बैंक लिमिटेड

एपेक्स डेभलपमेन्ट बैंकमा सिइओ भएर आउनुभएको छ । एपेक्स डेभलपमेन्ट बैंकको पछिल्लो वित्तीय अवस्था कस्तो छ ?

तीनवटा संस्था गत साउनमा मर्जर भएर बनेको बैंक हो एपेक्स बैंक । त्यही कारणले केही कर्जा जोखिममा पनि थिए । हामीले यी कर्जाहरूलाई न्यूनीकरण गर्ने वातावरण बनाई अगाडि बढेका छांै । वित्तीय अवस्थाको कुरा गर्दा पुस मसान्तमा हामी घाटामै छौं । तर, हामी आगामी असार मसान्तसम्म नाफा कमाउने उद्देश्यका साथ युद्धस्तरमा काम गरिरहेका छौं ।
एपेक्स बैंकमा अत्याधिक मात्रामा खराब कर्जा देखिन्छ, यो खराब कर्जा प्रोभिजन गर्ने वा उठाउने जोखिम त छ नि होइन र ?
म आएपछि लिलामका सूचना प्रकाशित गरेको छ । ऋणीहरू अहिले हाम्रो सम्पर्कमा हुनुहुन्छ । सबैभन्दा ठूलो कुरा नियतमा निर्भर हुादोरहेछ । घरजग्गा कर्जामा गएको ऋण केही बिग्रेको सत्य हो तर ऋणीहरू हाम्रो सम्पर्कमा हुनुहुन्छ । त्यसकारण कर्जा असुली हुन्छ भन्ने एक किसिमको सिद्धान्त नै हो । त्यसकारण यी कर्जा उठ्ने नै छ । आत्तिहाल्नुपर्ने अवस्था छैन ।
तपाई जुन बैंकको प्रमुख भएर जानुहुन्छ, त्यस बैंकमा प्रगति भएको भेटिन्छ । यस बैंकमा तपाईले प्रगति गर्न सक्ने अवस्था छ कि छैन ?
विगतमा म रहेको संस्थाले प्रगति गरेकै हो । त्यही देखेर यहााको सञ्चालक समितिले मलाई प्रमुख कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । यहाा पनि सुधार हुन्छ । सुधारको क्रम देखिएको पनि छ । बजारमा हाम्रो सेयरको मूल्य १ सय ३५ रुपैयाा छ । अझै हामीले नाफा दिनुपर्ने आवश्यकता छ । प्रगति भन्ने कुरा समग्र टिमले गर्ने हो । त्यसको नेतृत्व मैले गरेको छु ।
तीनवटा संस्था मिलेर एपेक्स बैंक बनेको छ । अब फेरि मर्जर गर्ने कार्यक्रम छ कि छैन ? आधुनिक बैंकिङको नम्सका बारेमा कस्तो तयारी छ ?
नाफा कमाउन विजनेश गर्ने हो । त्यसका लागि अण दिनु नै पर्‍यो । डिपोजिट लिनुपर्‍यो । व्याज दिनै पर्‍यो । यी बैंकका परिधिभित्र पर्ने कुरा हुन् । मर्जरका बारेमा हाम्रो सञ्चालक समितिले भनेको छ, राम्रो संस्था पाए मर्जर गर्ने हो । अरू थपिए वाणिज्य बैंक बन्ने लक्ष्य लिइएको छ । हामी केही संघसंस्थाको सम्पर्कमा पनि छांै । आगामी असार मसान्तसम्म त हामी आन्तरिक सुधार र कर्जा उठाउने काममा नै व्यस्त हुनेछौं । एजिएम पनि होला । तीनवटा संस्थापछिको एजिएम हुादैछ । यसले खाका तयार पारेपछि मर्जर वा वाणिज्य बैंक बन्ने भन्नेबारेमा ठोस निर्णय लिएर अगाडि बढ्ने नै छांै । क्षेत्रीयस्तरका विकास बैंक गाउा–गाउामा पुगेका छन् । हाम्रो छिन्चुमा शाखा छ । सुर्खेत, दैलेख, पोखराका गाउा–गाउामा हाम्रो एपेक्स बैंकको शाखा छ । सबै पुग्नुपर्‍यो । हामी मर्जर भएर पुग्यांै । आर्थिक विकास गर्न कृषिमा विकास गर्नुपर्‍यो । ग्रामीण अर्थ व्यवस्थालाई केन्द्रित गर्नै पर्दछ । सानासाना व्यापार गर्न उनीहरूलाई पैसाको खााचो छ, त्यो पुर्‍याउने काम विकास बैंकको हो । ३० देखि ३५ वटा व्यावसायिक घरघरानालाई ऋण प्रवाह गर्दैमा देश विकास हुादैन । गरिबीको रेखाभन्दा तल रहेका जनतामा बंैकिङ पहुाच पुर्‍याउनुपर्‍यो अनि मात्रै विकासको सपना देख्न सकिन्छ ।
३/४ वर्ष अगाडिदेखि केही विकास बैंक र फाइनान्स कम्पनीहरूमा बदमासी गर्ने गरेको भेटिएको छ, कारण के हो ?
विकास बैंकभित्र यो मेरो बैंक भन्ने भ्रम रह्यो । वास्तवमा कुनै पनि बैंक र वित्तीय संस्था डिपोजिटकर्ताहरूको हो । ६४ करोडको बैंकमा ४ अर्बको डिपोजिट हुन्छ । त्यसकारण वास्तविक मालिक जनता नै हुन् । त्यो मनस्थितिमा परिवर्तन हुनुपर्‍यो । अर्को वित्तीय अनुशासन र संस्थागत सुशासन पालना हुनुपर्‍यो । सञ्चालकदेखि लिएर सबैमा आन्तरिक नियन्त्रण प्रणालीको विकास बैंकमा कमी छ । यो सुधार हुनुपर्‍यो । हामीले एलसी खोल्न पाउादैनौं । विदेशी मुद्राको कारोबार गर्न पाउादैनौं । यी मुख्य कुरामा राष्ट्र बैंकसाग हाम्रो कुरा भएको छ ।
तपाईले भने जस्तो अहिले बैंकको कर्जा प्रवाहमा भन्दा पनि संस्थागत सुशासन नभएकै कारण केही बैंकका सिइओ र कर्मचारीहरूमाथि कारबाही भएको अवस्था छ । यसलाई कसरी लिनुभएको छ ?
बैंकिङ कानुन, बंैकिङ प्रिन्सिपल र बैंकिङ प्रणालीको कमी भएकै हो । त्यो ज्ञानको कमी अहिले कम भएको छ । गल्ती गर्नेले सजाय पाउनुपर्दछ । बदमासी गरेकालाई कानुनी दायरामा ल्याउनुपर्छ । हामीले नाफा दिने हो लगानीकर्ता र सेयर धनीहरूलाई । राष्ट्र बैंकको निर्देशन सबै पालना भयो भने कत्ति पनि गल्ती हुादैन । एउटा व्यक्तिले गल्ती गर्‍यो भन्दैमा सबै बैंक बिग्रेका छन् भन्न मिल्दैन । धेरै राम्रा विकास बैंक छन् । प्रगति गरेका पनि छन् ।
अहिले राष्ट्र बैंकले व्याजदर र स्प्रेड व्याजदरका कुरामा कडा गरेको अवस्था छ । बैंकले कि मर्जर गर कि पूाजी बढाएर काम गर भन्न खोजेको त होइन ?
हाम्रो जस्तो सानो अर्थतन्त्र भएको मुलुकमा पनि धेरै बैंक र वित्तीय संस्था भए । यो राम्रो भएको छ । बैंकहरू मर्जर भए धेरै छुटको व्यवस्था छ । पूाजी बढाउने र मर्जर गर्ने जुन नीति नेपाल राष्ट्र बैंकले लिएको छ । यो हुनुपर्दछ भन्ने मेरो पनि धारणा हो ।
मर्जरपछि पनि केही संस्थामा समस्या छ, तपाईको बैंकमा पनि देखिन्छ नि ?
सही कुरा हो । मर्जर गर्दा केही कुरामा ध्यान दिनु जरुरी छ । जस्तै मर्जरपछि बैंकको नेतृत्व कसले लिने भन्ने कुरा नेपाल राष्ट्र बैंकले हेर्नुपर्दछ । कुशल नेतृत्वको कमी भएपछि मर्जरपछि धेरै कुरामा असर पर्ने देखिन्छ । सबैले योजना बनाएर हिाड्नुपर्‍यो । बाटो बिराउनुभएन । यसबारे राष्ट्र बैंक सचेत भएको अवस्था छ । मर्जर पछाडि स्वतन्त्र र क्षमतावान व्यक्तिले नेतृत्व गर्नुपर्दछ । यो राष्ट्र बैंकले महसुस गरेको छ ।
कानुनको कुरा हामी गर्दछौं वित्तीय क्षेत्रभित्र भएका अपराधहरूको तर सानो धरौटी वा भनसुनकै आधारमा वित्तीय अपराधी छुटेको देखिन्छ नि ?
कानुन बनाउनु ठूलो कुरा होइन । कानुनको कार्यान्वयन पक्ष ठूलो हो । बैंक तथा वित्तीय संस्थाहरूको हकमा नेपाल राष्ट्र बैंकलाई नै स्वतन्त्र रूपमा काम गर्न दिनुपर्‍यो । अरू निकायले हस्तक्षेप गर्नुभएन । जसले लाइसेन्स दिन्छ, उसले नै फिर्ता पनि लिन सक्ने अधिकार दिनुपर्दछ जस्तो मलाई लागेको छ ।
एपेक्स डेभलपमेन्ट बैंकलाई माथि पुर्‍याउने भावी योजना के–कस्ता छन् ?
जोखिम कर्जालाई पहिला व्यवस्थापन गर्ने प्रमुख दायित्व छ । त्यसपछि विजनेश वृद्धि गर्ने सिष्टमलाई अगाडि बढाउादैछु । बैंकको सिष्टम प्रक्रिया र आन्तरिक व्यवस्थापन विकास गर्नेछु र त्यसपछि बैंकिङको कुरा छ । किनभने एपेक्स बैंक चिनाउनु छ र अर्को कुरा १ वर्षभित्र लाभांश दिने योजना पनि छ ।
अन्त्यमा केही छ कर्मचारी तथा सेयरधनीलाई भन्नु ?
हामी हाम्रो लक्ष्यसम्म पुग्ने बाटोमा लागेका छांै । हामी मिडिया र राष्ट्र बैंकसाग नजिक छौं । डिपोजिटकर्ताहरूको माया लिादै अगाडि बढ्ने छौं । बैंकमा सिष्टम बनाउादै एक वर्षभित्र नेपालको नम्बर एक विकास बैंक बनाउने लक्ष्य लिएका छौं ।