मानव अंग प्रत्यारोपण केन्द्रमा अनियमितता

वैसाख १०, काठमाडौं–मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले कार्यालयलाई चाहिने सामाग्री र उपकरण खरिद गर्दा व्यापक अनियमितता भएको पाइएको छ । नियमानुसार कुनै सामाग्री खरिद बिक्री गर्दा बोलपत्र आव्हान गर्नुपर्छ तर केन्द्रले त बिना बोलपत्र नै लाखौंको सामाग्री खरिद गरेको छ ।
सार्वजनिक खरिद नियमावली २०६४ को नियम ३१ मा १० लाख भन्दा माथिको सामाग्री खरिद गर्दा बोलपत्रको माध्यमबाट खरिद गर्नुपर्ने उल्लेख गरिएको छ तर केन्द्रले नियम मिचेर आफु अनुकुलका ठेकेदार र व्यक्तिसाग विभिन्न सामाग्री खरिद गरेको छ ।
नेपालकै ठूलो मानव अंग प्रत्यारोपण केन्द्रले केन्द्रलाई चाहिने आवश्यक सामाग्री खरिद गर्दा पनि बोलपत्र आव्हान गरेको छैन । बिना बोलपत्र पनि केन्द्रले पााच लाख ९१ हजार ७ सय २३ रुपैयाको फर्निचरका सामाग्रीहरू खरिद गरेको छ । केन्द्रले १५ लाख ७९ हजार ८ सय ८२ रुपैयाको कार्यालय प्रयोजनका सामाग्रीहरू खरिद गर्दा पनि बोलपत्र आव्हान गरेको छैन । खानेपानीको पाइप जडानका सामाग्री खरिद गर्दा पनि बोलपत्र आव्हान गरेको छैन । केन्द्रले २१ लाख ४ हजार २ सय ७३ रुपैयाको खानेपानीका पाइप जडान गर्ने सामाग्री खरिद गरेको थियो ।
महालेखा परीक्षकको ५१औं प्रतिवेदनमा केन्द्रले विभिन्न सामाग्री खरिद गर्दा ७२ लाख १६ हजार पााच सय १२ रुपैयाको सामान आफू अनुकुलका तीन वटा कोटेसन मागेर खुला कोटेसन लिएर खरिद गरेको हो ।
सार्वजनिक खरिद नियमावलीअनुसार २५ हजारभन्दा बढीको सामान खरिद गर्दा लागत अनुमान तयार गर्नुपर्ने र ३ लाखभन्दा बढीको खरिदमा शिलबन्दी दरभाउपत्रबाट गराउनुपर्ने प्रावधान छ तर केन्द्रले सामान खरिद गर्दा लागत अनुमानसमेत तयार नगरी खरिद गरेको प्रतिवेदनमा उल्लेख छ । केन्द्रले २२ लाख ८३ हजार ६ सय १४ रुपैयाको मेशिनरी औजार  र २५ लाख ४७ हजार २० रुपैयाको औषधि तथा सर्जिकल सामाग्री खरिद गर्दा लागत नै तयार पारेको थिएन ।
त्यसो त केन्द्रले सार्वजनिक खरिद ऐनको दफा ४ को २ र ३ को कार्यान्वयनमा पनि ध्यान दिएको छैन । ऐन अनुसार सामान खरिदको मापदण्ड बनाइादा मालसामान वा सेवाको वस्तुगत प्राविधिक तथा गुणस्तरजन्य विशेषता र कामको आधारमा तयार गर्नुपर्ने अनियमिता गरेको पाइएको छ । तर केन्द्रले तयार पारेको अधिकांश बोलपत्रमा न्यूनतम अंक र अधिकतम अंकबीच ठूलो रकमको फरक देखिएको छ । बोलपत्रको सबैभन्दा बढि रकम र लागत अनुमान हाराहारी रहेको छ । सामाग्री खरिदका लागि केन्द्रले १ करोड ३० लाख लागत अनुमान तयार पर्दा  इष्टवेष्ट इन्टरप्राइजेजले ५८ लाख २१ हजार ४ सय ९१ रुपैयामा बोलपत्र पेश गरेको थियो ।
सार्वजनिक खरिद नियमावली २०६४ को नियम ११ बमोजिम लागत अनुमान तयार गर्दा मापदण्डको आधारमा तयार गर्नुपर्ने र स्थानीय बजारभाउ, अघिल्लो वर्षमा खरिद गरेको दररेटलाई आधार केन्द्रले मान्नुपर्ने हुन्छ । तर कुनै नियम पालना गरेको छैन । गोपाल बराइली