जापान सरकारले अव मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्ने

वैसाख १०,एजेन्सी–जापान सरकारले पहिलो पटक मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्ने कार्यको सुरुवात गरेको छ । मन्त्रिपरिषद्को १ सय २९ बर्षे इतिहासमा उसले पहिलो पटक मंगलबार मन्त्रिपरिषद्का निर्णय आम सञ्चारमाध्यमबाट सार्वजनिक गरेको हो । यस अघि जापानमा मन्त्रिपरिषद्को कार्य निकै गोप्य रहने गरेको आरोप लाग्ने गरेको थियो । सरकारका प्रमुख प्रवक्ता योसिहिदे सुगाले पारदर्शीपनामा सुधार गर्न तथा आफूहरूलाई जनताप्रति बढी जिम्मेवार बनाउन मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने निर्णय गरिएको बताएका छन् ।
खेल खबर आईपिएल इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा गएराती भएको खेलमा किंग्स इलेभेन पञ्जाबले सनराइजर्स हैदराबादलाई ७२ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा लगातार तेश्रो जीत हात पार्दै पञ्जाब ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । शारजहाा स्टेडियम युएईमा भएको खेलमा पञ्जाबले दिएको १ सय ९४ रनको लक्ष्य पच्छ्याएको हैदराबाद १९ ओभर २ बलमा १ सय २१ रनमा समेटियो ।