वैसाख १०,नवलपरासी– जिल्ला शिक्षा कार्यालयले अनुमति दिन ढिलाइ गर्दा उपल्लो कक्षामा पास भएर जाने विद्यार्थीलाई भर्ना गर्न अन्योल भएको गुनासो नवलपरासीका सामुदायिक विद्यालयले गरेका छन् । नयाा शैक्षिकसत्र सुरु भइसक्दा पनि माग गरिएको माथिल्लो कक्षा अनुमति दिन जिल्ला शिक्षा समितिले ढिलाइ गर्दा विद्यार्थीको पठनपाठनमा समेत समस्या भएको विभिन्न विद्यालयका प्रधानाध्यापकले बताएका छन् । जिल्लामा माथिल्लो कक्षा सञ्चालनका लागि ४१ सामुदायिक विद्यालयले अनुमति माग गरेको सहायक शिक्षा अधिकारी नगेन्द्रप्रसाद रेग्मीले बताउनुभयो । कक्षा १, ६ र ९ का लागि क्षेत्रीय शिक्षा निर्देशनालयले स्वीकृति दिनुपर्ने भएकाले फाइल पठाए पनि अनुमति नआएको रेग्मीको भनाइ छ । जिल्लामा ७५ उच्च मावि, ६३ मावि, ११५ निमावि र २६१ वटा प्रावि रहेका छन् । यसैबीच नियम विपरीत माथिल्लो कक्षा सञ्चालन गरेको भन्दै निजी विद्यालयले माग गरेको १२१ विद्यालयको कक्षा सञ्चालनको अनुमति पनि रोकेको छ । शिक्षा कार्यालयले अनुमति रोके पनि नवलपरासीका अधिकांश निजी विद्यालयले बिना अनुमति माथिल्लो कक्षामा धमाधम विद्यार्थी भर्ना गरिरहेको पाइएको छ ।
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ – प्रदीप ज्ञवाली

भदौ १, काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन्। अहिलेको सरकारले चुनावी मिति
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक