लगानी बोर्डको बैठक वस्दै

वैसाख १०,काठमाडौ–प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा रहेको लगानी बोर्डको बैठक आज बस्ने भएको छ । माथिल्लो कर्णाली जलविद्युत आयोजना विकास सम्झौता, लगानी बोर्डले अघि सारेका १४ वटा ठुला परियोजनामा देखिएका समस्या, समाधानका उपाय लगायतका विषयमा छलफल हुने भएको भएको छ । बैठक दिउसो ४ बजे प्रधानमन्त्री कार्यालयमा बस्ने भएको छ । यसैबीच मुलुकको सामाजिक–आर्थिक विकासका निम्ति संयुक्त राष्ट्रसङ्घीय समूहले सर्वाधिक विकास परियोजनाहरुमा लगानी गरेको छ । राष्ट्रसङ्घीय विशिष्टीकृत निकायहरुले देशका विभिन्न भागमा १३८ वटा विकासका आयोजना सञ्चालन गरिरहेका अर्थमन्त्रालयले हिजो सार्वजनिक गरेको विकास सहायता प्रतिवेदनमा जनाइएको छ । राष्ट्रसङ्घीय विशिष्टीकृत निकायहरुले सरकार र मातहतका मन्त्रालय एवम् निकायसागको सहकार्यमा सामाजिक विकासका परियोजनामा सहयोग केन्द्रित गरेका छन् ।