वैसाख ९, काठमाडौ–समावेशी सञ्चार अभियानले पत्रकार महासंघको विधान संशोधन नगरिए महाधिवेशन नै अवरुद्ध गरिदिने चेतावनी दिएको छ । अभियानले आज राजधानीमा पत्रकार सम्मेलन गरेर नेपाल पत्रकार महासंघको सबैखाले संरचनामा महिला, दलित, आदिवासी, जनजाति, मधेशी, अपांगता भएका व्यक्ति तथा सीमान्तीकृत समुदायको अर्थपूर्ण सहभागिताका लागि महासंघको वर्तमान विधान संशोधन गरिनु अनिवार्य भएको भन्दै संशोधन नगरिए महाधिवेशन नै अवरुद्ध गरिदिने चेतावनी दिएको हो । अभियानका संयोजक एवम जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्माले नेपाल पत्रकार महासंघ सााच्चिकै समावेशी हुनुपर्ने भन्दै त्यसका लागि महासंघको वर्तमान विधान संशोधन नगरिए आन्दोलन गरेर महाधिवेशन नै अवरुद्ध बनाइदिने बताउनुभयो । नेपाल पत्रकार महासघंलाई पूर्ण समावेशी बनाउनका लागि समावेशी सञ्चारको पैरवी गर्दै आएका विभिन्न सञ्चारसम्वद्ध संघसंस्थाहरुद्वारा समावेशी विधान संशोधनका लागि २०७० चैत्र १९ गते महासंघ समक्ष प्रस्ताव दर्ता गरिसकिएको छ । नेपाल पत्रकार महासंघको महाधिवेशन वैशाख २० र २१ गते काठमाण्डौंमा हुादैछ ।
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।