सर्वोच्चको न्यायाधीशको लागि ८ नाम सिफारिस

वैसाख ९, काठमाडौ–न्याय परिषद्ले सर्वाेच्च अदालतमा स्थायी न्यायाधीश नियुक्तिको लागि ८ जनाको नाम संसदीय सुनुवाईको लागि सिफारिस गरेको छ । आज बसेको परिषद्को वैठकले संसदीय सुनुवाईको लागि बैद्यनाथ उपाध्याय, गोपाल पराजुली, दीपकराज जोशी, गोविन्द उपाध्याय, ओमप्रकाश मिश्र, देवेन्ऽगोपाल श्रेष्ठ, चोलेन्ऽशम्शेर जबरा र जगदीश शर्मा पौडेलको नाम सिफारिस गरेको हो । संविधानअनुसार मुद्दाको चाप हेरी १५ स्थायी र १० सम्म अस्थायी न्यायाधीशको दरबन्दी पाएको सर्वोच्चमा पछिल्लो ३ वर्षदेखि स्थायी न्यायाधीश नियुक्ति भएको थिएन ।
सर्वाेच्चमा अहिले प्रधानन्यायाधीस सहित ५ स्थायी न्यायाधीश मात्रै छन् ।