वैसाख ९, काठमाडौ–ऊर्जामन्त्री राधाकुमारी ज्ञवालीले स्थानीय निकायको निर्वाचनमा ५० प्रतिशत महिला सहभागिताका लागि सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । राष्ट्रिय महिला आयोगले आज काठमाण्डौमा गरेको कार्यक्रममा मन्त्री ज्ञवालीले संशोधित ऐन छिटोभन्दा छिटो व्यवस्थापिका–संसद्मा पेस गर्ने पनि जानकारी दिनुभयो । उहाले महिला हिंसा अन्त्यका लागि महिलामाथि हुने बलात्कारका दोषीमाथि मृत्युदण्डको प्रावधान राख्न आफूले पहल गरिरहेको समेत स्पष्ट पानुर्भयो । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री निलम केसीले राष्ट्रिय महिला आयोगलाई संवैधानिक आयोगका रुपमा रुपान्तरित गर्न पहल भइरहेको जानकारी दिादै नीति निर्माण तहमा ३३ प्रतिशत महिला सहभागिताको कार्यान्वयन फितलो भएको बताउनुभयो । कार्यक्रममा सभासद् कल्पना चौधरी, कुन्ती शाही, ज्ञानकुमारी छन्त्याल लगाएतले स्थानीय निकायको निर्वाचनमा ५० प्रतिशत महिला सहभागिताका लागि राजनीतिक दलले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी पुस २९, काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।