महालक्ष्मी फाइनान्सको सञ्चालन मुनाफा ९ करोड

वैसाख ९,काठमाडौं–चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा महालक्ष्मी फाईनान्सको सञ्चालन मुनाफा १४.५९ प्रतिशतले बढेको छ । गत वर्षको तेस्रो त्रैमाससम्ममा ७ करोड ९३ लाख रुपैयाा सञ्चालन मुनाफा गरेको कम्पनीले यस वर्षको सोही अवधिमा ९ करोड ११ लाख रुपैयाा सञ्चालन मुनाफा गर्न सफल भएको छ ।
फाइनान्सले यस अवधिसम्म ३ अर्ब ४६ करोड रुपैयाा निक्षेप संकलन गरी २ अर्ब ९६ करोड रुपैयाा कर्जा प्रवाह गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा क्रमश: २५.८६ प्रतिशत र २६ प्रतिशतले बढी हो । कम्पनीको खराब कर्जा अनुपात १.२० प्रतिशत तथा पुाजी प्रयाप्तता १७.१३ प्रतिशत रहेको छ । देशका विभिन्न स्थानमा गरी कम्पनीका १० वटा शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् ।