घट्यो जलविद्युत र बीमाको नेप्से

वैसाख ८,काठमाडौ–आइतबार बीमा र जलविद्युत समूहको समूहगत परिसूचकमा व्यापक गिरावट आएपछि त्यसको प्रभाव समग्र नेप्से परिसूचकमा परेको छ ।
बीमा समूहको उपसूचक २६.३६ र जलविद्युत समूहको उपसूचक २६.२७ अंकले घटयो । यो दिन २.६७ अंकले घटेर नेप्से परिसूचक ८०८.४५ अंकमा झरेको छ । यो दिन वित्त कम्पनी र अन्य समूहबाहेक सबै समुहगत परिसूचकहरुमा गिरावट आएको छ ।
वित्त समूहको ०.४२ अंक र अन्य समूहको ३.५२ अंकले बढेको छ । बैंकिङ समूहको २।१७, होटल समूहको ९।२३, विकास बैंक समूहको २।४४ अंकले घटेको छ । यो दिन १ सय २९ कम्पनीका ५ लाख ७५ हजार कित्ता सेयर २४ करोड ९० लाख रुपैयाामा किनबेच भयो ।