मन विदेशमा र शरिर नेपालमा राखेर काम गर्ने राष्ट्रसेवक हुनै सक्दैन : अध्यक्ष खनाल

बैशाख ८, काठमाडौ–एमाले अध्यक्ष झलनाथ खनालले ग्रिनकार्ड होल्डर सरकारी कर्मचारीमाथि सामान्य प्रशासन मन्त्रालयले चलाउन लागेको कारबाहीमा पार्टीको पुरै समर्थन रहेको बताउनुभएको छ । मन विदेशमा र शरीर नेपालमा राखेर काम गर्ने कर्मचारीहरु राष्ट्रसेवक हुनै नसक्ने भन्दै खनालले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको अभियानमा आफू र सिगो एमाले पार्टीको समर्थन रहेको बताउनुभयो । राजधानीमा आइतवार नेपाल निजामती कर्मचारी संगठनको रजत महोत्सवको उद्घाटन गर्दै खनालले नया संविधानलाई निजामती कर्मचारी मैत्री बनाउन आफूहरु लागिपरेको बताए । कार्यक्रममा एमाले बरिष्ठ नेता माधवकुमार नेपालले आगामी माघ ८ गतेसम्म मुलुकले नया संविधान पाउने दाबी समेत गर्नुभयो । कार्यक्रममा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्तव्यच्यूत कर्मचारीहरु राष्ट्रसेवक हुनै सक्दैनन भन्दै त्यस्ता कर्मचारीलाई कुनै हालतमा नडोड्ने प्रतिबद्धता जनाउनुभयो ।