वैसाख ७, झापा–नेपाली कांग्रेसको मेची–महाकाली जागरण अभियान अन्तर्गत आज झापामा कार्यकर्ता प्रशिक्षण तथा भेला हुादै छ । कार्यक्रममा मेची अन्चलका सबै जिल्लाका कार्यकर्ता सहभागी हुादै छन् । कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले स्थानीय निकायका कार्यकर्ताहरुलाई पार्टीको आगामी कार्यक्रमबारे जानकारी दिने उद्देश्यले मेची महाकाली जागरण अभियान थालेको हो । पहिलो चरणमा महाकालीको महेन्द्रनगरबाट सुरु भएको अभियान बुटवल आएर समापन भएको हो । दोस्रो चरण अन्तर्गत आजबाट पूर्व क्षेत्रबाट प्रशिक्षण सुरु गर्न लागिएको प्रतिष्ठानका संयोजक एवम् कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो । आज झापाको बिर्तामोडबाट सुरु हुने दोस्रो चरणको अभियानको सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्नु हुने छ । कांग्रेस उपसभापति पौडेलले कांग्रेसको यो अभियानले नेपालको राजनीतिमा नयां संस्कार बसाउने बताउनुभयो ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
