बैशाख ८, कपिलवस्तु–नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले राज्य पुन:संरचना नगरी देशमा स्थानीय निकायको निर्वाचन गर्नु सङ्घीयता विरोधी मानसिकताको उपज भएको बताउनुभएको छ । अध्यक्ष वैद्यले सरकारले मनोनित गर्ने २६ सभासद्मा आफूहरु कुनै पनि हालतमा नजाने स्पष्ट पार्दै दुवै माओवादीबीच तत्काल पार्टी एकता असम्भव रहेको बताउनुभयो । पुराना कम्युनिष्ट कार्यकर्ता एवम् वामपन्थी नेता खुबिराम आचार्यको स्वास्थ्य अवस्था बुझ्न हिजो कपिलवस्तुको बुड्ढीमा आउनुभएका उहााले पत्रकारसागको कुराकानीमा वर्तमान संविधानसभाबाट कुनै पनि हालतमा जनताको संविधान नबन्ने दाबी गर्नुभयो । युद्धकालीन मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत नै टुङ्ग्याउनुपर्ने उहााको भनाइ थियो । यसैबीच, नेपाली कााग्रेसका उपसभापति रामचन्ऽ पौडेलले द्वन्द्वकालका घटनालाई उठान गरेर शान्ति प्रक्रियाले पूर्णता नपाउने बताउनुभएको छ । झापामा सञ्चारकर्मीसाग कुरा गर्दै उपसभापति पौडेलले देशले द्वन्द्वका अवशेषलाई मेट्ने प्रयास गरिरहेका बेला फेरि पुराना घटना ब्युात्याएर सङ्क्रमण लम्ब्याउन नहुने बताउनुभयो । नेता पौडेलले राजनीतिक दलको सहमतिमा छिट्टै सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन ल्याइने बताउनुभयो । मुलुकमा स्थायी शान्ति कायम गर्ने हो भने द्वन्द्वकालमा भएका घटनाको सत्यतथ्य पत्ता लगाएर पीडकलाई पश्चाताप गर्ने, पीडितले क्षमा दिने र राज्यले राहत दिने व्यवस्था हुनुपर्ने उहााको भनाइ थियो । एक प्रसङ्गमा उहााले जनताले माओवादीलाइ आम माफी दिइसकेको टिप्प्णी गर्नुभयो ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
अस्पतालको चक्रव्यूहमा बिरामी

‘तपाईंले हाम्रोमा सीटी स्क्यान गर्न बिरामी पठाउनुभयो भने प्रत्येक बिरामीबापत १ हजार रुपैयाँ दिन्छौं । ३–३ महिनामा पैसा लिने वा एक–एक महिनामा, जे सजिलो
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व