पुटिनले यसो भने रुसी राष्ट्रपति

वैसाख ७, एजेन्सी–भ्लादिमिर पुटिनले रुस र पश्चिमा राष्ट्रहरुबीचको सम्बन्धमा कुनैपनि कारणले अवरोध ल्याउन नहुने बताएका छन् । युक्रेन संकटका कारण रुस र पश्चिमा राष्ट्रहरुबीचको सम्बन्धमा चिसोपन आइरहेका बेला पुटिनले यस्तो बताएका हुन् । पुटिनले पश्चिमा देशहरुसागको सम्बन्धमा कुनैपनि नराम्रो अवस्था नआएको र आउन पनि नदिने बताए । रुसको सरकारी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा उनले अबस्थालाई सहज बनाउादै सम्बन्ध थप राम्रो बनाइने बताए ।