भ्रष्टचार विरुद्ध युवा विद्यार्थीको अभियान

वैसाख ६,कपिलवस्तु –भ्रष्टचार विरुद्ध युवा तथा विद्यार्थीको सहकार्य विषयक तीन दिने प्रशिक्षण कार्यक्रम शनिवारदेखि कपिलबस्तुको तौलिहवामा शुरु भएको छ ।
विभिन्न राजनीतिक दल आवद्ध संयुक्त युवा तथा विद्यार्थी मन्चको आयोजनामा प्रारम्भ भएको सो प्रशिक्षण कार्यक्रममा विभिन्न १० विद्यार्थी संगठनका ४० जना युवा तथा विद्यार्थीको सहभागिता रहेको छ ।
तनि दिने सो कार्यक्रमको शनिवार प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा अखिल नेपाल क्रान्तिकारी विद्यार्थी संघका सचिवालय सदस्य दीपक पाण्डे, युवा लोकतान्त्रिक फोरमका केन्द्रिय अध्यक्ष कृष्ण सिंह, प्रगतिशील युवा संघ नेपाली केन्द्रिय सचिव मीरा नेपालीलगायतले भ्रष्टचार निर्मुल पार्न युवा विद्यार्थी एक हुनुपर्नेमा जोड दिए ।