एमाले केन्द्रीय कमिटी बैठक

वैसाख ५, काठमाडौ–नवौं महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न एमाले केन्द्रीय कमिटी बैठक बसिरहेको छ । संसदीय दलका नेता केपी शर्मा ओली उपचारबाट फिर्ता भएपछि पहिलोपटक बैठक बसे पनि उहाा भने आजको बैठकमा सहभागी नभएको एक नेताले जानकारी दिए । महाधिवेशनका लागि तयार पारिएको कार्यतालिका अनुसार बैठक पााचदिन सम्म चल्नेछ । बैठकमा महाधिवेशन, कार्यतालिका, लगायतका विषयमा छलफल हुने एमालेले जनाएको छ । केन्द्रीय कमिटी बैठकमा अध्यक्ष झलनाथ खनाल र महासचिव ईश्वर पोखरेलले सदस्यहरुको सुझावका आधारमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथी छलफल हुनेछ । नवौं महाविधेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनलाई लिएर नेताहरुबीच विवाद देखिएको छ । अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षीय नेताहरु केन्द्रीय कमिटीले दिएको जिम्मवारी पुरा गर्न पहिले दस्तावेज लेखन कमिटीमा मस्यौदाबारे छलफल गर्नुपर्ने पक्षमा छन् भने संसदीय दलका नेता केपी शर्मा ओली तथा उपाध्यक्ष बामदेव गौतम पक्ष भने मस्यौदा कमिटीमा प्रयाप्त छलफल भईसकेकाले महाधिवेशन तयारी कार्यतालिका प्रभावित हुने भन्दै सिधै केन्द्रीय कमिटीमा छलफल हुनुपर्ने पक्षमा उभिएका छन् ।