आज गर्ने भनिएको लुम्बिनी अञ्चल बन्द फिर्ता

बैशाख ५, बुटवल–आज गर्ने भनिएको लुम्विनी अञ्चल बन्द फिर्ता लिन यातायात मजदुरहरु सहमत भएका छन् । बिभिन्न माग राख्दै लुम्विनी अञ्चल बन्दको आब्हान गरेका यातायात मजदुर र स्थानिय प्रशासनका बिच गएराति भएको सहमती अनुसार बन्द फिर्ता भएको हो । गए राती ११ बजे सम्पन्न बार्तामा मजदुरहरुका मागहरुका सम्वन्धमा आगामी १० गते छलफल गरी समस्या समाधान गर्ने सहमती भए पछि शुक्रवारका लागी आब्हन गरीएको बन्द फिर्ता गरिएको हो । बार्तामा यातायात मजदुरकातर्फबाट जिफन्ट अञ्चल अध्यक्ष हरी बहादुर कार्की, सदस्यहरु चिन बहादुर गुरुङ, यातायात मजदुर संगठनका केन्द्रीय सदस्य राजेन्द्र रिजाल ध्यान बहादुर राई, यातायात मजदुर तथा ब्यबसायी भलाई कोषका अध्यक्ष नारायण प्रसाद भटराई तथा स्थानिय प्रशासनको तर्फबाट रुपन्देही प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थी, जिल्ला प्रहरी प्रमुख बिक्रम सिहं थापा, ससस्त्र प्रहरी उपरिक्षक भेष बहादुर शाहको सहभागीता रहेको थियो । हाम्रा मागहरुमा स्थानिय प्रशासन सकारात्मक भएर प्रस्तुत भएका कारण बन्दको बिकल्प खोजिएको मजदुर अगुवा चिन बहादुर गुरुङले बताउनु भयो । बन्द आवहान गरिएको कारण विहान यातायातका साधन भने कम चलेका थिए । विनोद परियार