पत्रकार गुरुङको उपचारका लागि अमेरिकाबाट रकम सङ्कलन

वैसाख ५, काठमाडौ–पत्रकार चुनबहादुर गुरुङको उपचारका लागि अमेरिकामा बस्ने नेपालीबाट एक लाख बढी सहयोग सङ्कलन भएको छ । नेपाल अमेरिका पत्रकार समाज (नेजा) को सहकार्यमा तमु समाज अमेरिकाले एक लाख ४३ हजार तीन सय ५५ सङ्कलन गरी पत्रकार गुरुङको उपचारार्थ जम्मा गरिएको समितिका अध्यक्ष मेख गुरुङले जानकारी दिनुभयो । दुवै मिर्गौलाले काम नगर्ने भएपछि उहााको भारतको नयाा दिल्लीस्थित एपोलो अस्पतालमा उपचार भइरहेको छ ।