महासंघ एक ढिक्का भएर अघि बढ्ने – अध्यक्ष पाण्डे

pradipवैसाख ५, काठमाडौ–नेपाल उद्योग वाणिज्य महासंघ नेपाल उद्योग वाणिज्य महासंघका नव निर्वाचित पदाधिकारीहरुले आफुहरु एक ढिक्का भएर अघि बढ्ने उद्घोष गरेका छन् । काठमाडौंमा विहिवार गरिएको नव निर्वाचित पदाधिकारीहरुको स्वागत कार्यक्रममा महासंघका अध्यक्ष र चार उपाध्यक्षले सामूहिक रुपमा यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले महासंघमा कुनै गुट उपपगुट नभएको भन्दै निर्वाचन पछि महासंघ एक ढिक्का भएर अघि बढेको बताउनुभयो । उहााले केही व्यक्ति र मिडियाले समेत महासंघमा विवाद उत्पन्न गराउन खोजेको भन्दै पाण्डेले महासंघमा रहेको अवधि भर हरेक पदाधिकारीले देशको अर्थतन्त्रका बारेमा सोच्ने र मुलुकको आर्थिक समृद्धिमा लाग्ने बताउनुभयो । उहााले अहिलेको समय कुरा भन्दा पनि काम धेरै गर्नुपर्ने समय भएकाले महासंघका सबै पदाधिकारीलाई भाषण भन्दा काम गरेर देखाउन पनि अनुरोध गर्नुभयो । कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष पशुपति मुरारकाले आफुहरु भिन्दा भिन्दै प्यानलबाट चुनावी मैदानमा होमिए पनि अब महासंघमा एक ढिक्का भएर अगाडी बढाउनका लागि जस्तोसुकै त्याग गर्ने बताउनुभयो ।