वैसाख ५, काठमाडौ–एकिकृत नेकपा माओवादीको अवरोधका कारण विहिवार पनि संसद् बैठक अवरुद्ध भएको छ । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपमा १३ जना विरुद्ध मुद्दा दायर गरेपछि त्यसको विराधमा माओवादीले आवपनि संसद अवरुद्ध पारेको हो । सभामुख सुवास चन्द्र नेम्बाङले बैठक आरम्भ गर्ना साथ एमाओवादीका सभासद विरोधस्वरुप उठेका थिए । माओवादी सभासद शक्तिबहादुर बस्नेतले विस्तृत शान्ति सम्झौता विपरित भएका कामको विरोधमा आफ्नो दलले राखेको भनाइमा सरकार गम्भीर नदेखिएको भन्दै आपत्ति जनाउनुभएको थियो । सरकारले तत्काल मुद्दा फिर्ता नलिए मुलुक दुर्घटनामा पर्ने उल्लेख गदै बस्नेतले सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत नै द्वन्द्वकालका घटनाको समाधान निकाल्नु पर्ने बताउनुभयो । सरकार विस्तृत शान्ति सम्झौताअनुसार नचलको उहााको दाबी थियो । उहााले विदेशी आर्थिक सहयोगमा अधिकारी हत्यालाई उचालिएको दाबी गर्नुभयो । पक्राउ परेका दुई कार्यकर्ता रिहाई र मुद्दा फिर्ता लिनुपर्ने माग गर्दै माओवादीले बैठक अवरुद्ध पारेपछि नेम्वाङले भोलि पौने एघार बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गर्नुभएको थियो । फुजेल घटनामा पक्राउ परेका दुई कार्यकर्तासहित १३ विरुद्ध चितवन प्रहरीले आइतबार जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको थियो ।
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ – प्रदीप ज्ञवाली

भदौ १, काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन्। अहिलेको सरकारले चुनावी मिति
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक