वैसाख ५, चितवन–गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याको आरोपामा पक्राउ परेका दुईजनालाई जिल्ला अदालत चितवनले धरौटीमा छोड्न आदेश दिएको छ । न्यायाधीश विनोदमोहन आचार्यको इजलासले उनीहरुलाई धरौटीमा थुनामुक्त गर्न आदेश दिएको हो । बिहीबार सकिएको थुनछेक आदेश पछि भिष्मराज पौडेललाई २७ हजार र छविलाल पौडेललाई २० हजार धरौटी बुझाएमा थुनामुक्त गर्न आदेश दिईएको छ । अधिकारी हत्यामा संलग्न रहेको आरोपमा सरकारी वकिलको कार्यालय चितवनले १३ जनाविरुद्ध मुद्दा दायर गरेको ती मध्ये दुईजनालाई मात्र प्रहरीले पक्राउ गरेको थियो । अन्य ११ जनालाई सात दिनको वारेण्ट जारी गरिएको छ । सरकारी वकिलले अधिकारीको हत्या गरेको आरोपमा उनीहरुलाई सर्वस्वसहित जन्मकैदको सजाय गर्न मागदावी गरेको थियो । थुनछेक बहसका क्रममा प्रतिवादीका तर्फबाट ३४ जना कानुन व्यवसायीले वकालत नामा दर्ता गराएकोमा २६ जनाले बहस गरेको अदालतका श्रेस्तेदार विद्याराज पौडेलले जानकारी दिनुभयो । बहसका क्रममा वरिष्ठ अधिवक्ता एवं पूर्व महान्यायाधीवक्ता मुक्तिनारायण प्रधानसहितका कानुन व्यवसायीले मुद्दा खारेज गरी साधारण तारेखमा अभियुक्तको रिहाइ हुनुपर्ने माग गरेका थिए ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
सक्षम निजामती प्रशासनको अपरिहार्यता

दामोदर रेग्मी फागुन २३, काठमाडौं – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्ति हुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको
अस्पतालको चक्रव्यूहमा बिरामी

‘तपाईंले हाम्रोमा सीटी स्क्यान गर्न बिरामी पठाउनुभयो भने प्रत्येक बिरामीबापत १ हजार रुपैयाँ दिन्छौं । ३–३ महिनामा पैसा लिने वा एक–एक महिनामा, जे सजिलो