वैसाख ४, काठमाडौ–एकीकृत नेकपा माओवादीको नेतृत्वमा ७ दल सम्मिलत गठबन्धन निर्माण हुने भएको छ । संविधान निर्माण र शान्ति प्रकृयालाई निष्कर्षमा पुर्याउनका लागि एकीकृत माओवादी सहितका सात रानजीतिक दलले नयाा गठबन्धन बनाउने भएका हुन । आज बिहान एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा माओवादी, मधेसवादी र संघीयसमाजवादी सहित संविधानसभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलको बैठकले गठबन्धन बनाएरै संविधान निर्माण र शान्ति प्रकृया टुंगोमा पुर्याउन दबाब दिने निर्णय भएको सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले जानकारी दिनु भयो । नेपाली कााग्रेस र नेकपा एमाले संविधान निर्माण तथा शान्ति प्रकृयाका बााकी काम पुरा गर्न सकरात्मक नभएको निष्कर्ष निकाल्दै माओवादी लगायतका दलले दबाब दिनुपर्ने निष्कर्ष निकालेका छन् । गठबन्धनको स्वरुप र दबाबका कार्यक्रम तयार गर्न पर्सि बैठक बस्ने कर्णले बताउनु भयो ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।