अबको जीवन जनतालाई : ओली

वैसाख ३, काठमाडौ–नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले अबको आफ्नो जीवन जनताको पक्षमा लगाउने बताएका छन् । उपचारका लागि डेढ महिना दिल्ली बसेर स्वदेश फर्किएपछि नेता ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसाग जीवनमा अन्तिम जस्ता घडीहरु धेरै पटक आएको र अहिले पनि त्यस्तै महसुस भएको वताउदै अबको जीवन जनताको पक्षमा काम गर्ने वताएका हुन् ।
उनले भने ‘अहिले म स्वास्थ्य लाभ गरेर फर्किएको छु, अबको सबै जीवन जनताको लागि खर्च गर्नेछु ।’ अहिले राजनीतिमा भएका मतभेदहरु कृतिम भएकोले त्यस्ता मतभेदहरु तोडेर राजनीतिले तीब्रता लिने पनि उनले बताए । ‘अब संसदीय दल पनि सक्रिय हुन्छ’ उनले भने ।
द्धन्द्धकालीन घटनालाई ठूलो रुपमा लिन नहुने र सर्वसाधारणले न्यायको अनुभूति गर्नु पर्ने भन्दै उनले द्धन्द्धका घटनामा शान्ति सम्झौता अनुसार हुनुपर्ने वताए । एमाले नेता ओलीले पार्टीको नवौं महाधिवेशन पूर्व निर्धारित समयमै हुने समेत बताए । ‘केही मान्छेलाई महाधिवेशन हुादैन कि भन्ने लागेको होला । महाधिवेशन जेठ २४ मै हुन्छ र पार्टी एकतावद्ध हुन्छ ।’ उनले भने । संविधान बनेपछि मात्र स्थानीय चुनाव गर्दा हुने उनको भनाई थियो ।
दिल्ली बसाइका क्रममा प्रधानमन्त्री सुशील कोइरालाले पटक पटक फोन गरेर स्वास्थ्यबारे जानकारी लिएको र उपप्रधानमन्त्री भेट्न दिल्ली पुगेको भन्दै उनले धेरैले स्वास्थ्य लाभको कामना र माया गरेको भन्दै धन्यवाद दिए ।
उनले अस्पतालको बेडमा हुादा पनि आफूले नेपालको राजनीतिबारे अपडेट भएको तर, नेपालमा हुादा जस्तो सूचना नपाएको सुनाए । ओली उपचारका लागि फागुन १८ मा दिल्ली प्रस्थान गरेका थिए । दिल्लीको म्याक्स अस्पतालमा उपचारपछि पनि उनी चिकित्सकहरुको सल्लाह अनुसार दिल्लीमा नै आराम गरेर बसेका थिए । जहाा उनलाई भेट्न एमाले अधिकांश शीर्ष नेता पुगेका थिए ।
ओलीले सञ्चारकर्मीहरुसाग कुरा गरिरहादा सागै रहेका उपप्रधानमन्त्री एवं एमाले उपाध्यक्ष वामदेव गौतमले भो अब धेरै नबोल्नुस् भन्दै रोकेका थिए । ओलीलाई स्वागत गर्न विमानस्थलमा एमाले अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपाल बाहेक अधिकांश नेता र सभासद् पुगेका थिए ।