रातो मत्स्येन्द्रनाथको महास्नान कार्यक्रम हुदै

बैशाख ३, काठमाण्डौ– बृष्टी, खेती र खाद्यान्नको देवता मानिने रातो मत्स्येन्द्रनाथको महास्नान आज साझ लगनखेलको न्हवदबुमा हुंदैछ । मत्स्येन्द्रनाथका ज्योतिषी कितिर्कीरण जोशीले महास्नानको शुभसाईत विहान १०.२९ देखि १०.३२ सम्म भएकोले साईतको कामको प्रारम्भ बिहान त:बहालमा नै गरिने बताउनुभयो । महास्नान जात्राको लागि आवश्यक सबै काम पुरा भइसकेको गुठी संस्थान ललितपुर कार्यालयका प्रमुख हरिप्रसाद सुवेदीले बताउनुभयो । साईतको काम सकिएपछि मत्स्येन्द्रनाथको साझ मूतिर्लाई सास्कृतिक बाजागाजा र गुरुजुको पल्टनका साथ त:बहालदेखि खटमा राखी मानिसहरुले बोकेर जात्रा गरेर ल्याई त्यहा ”न्हवू डवली”मा राखी महास्नान गराइने छ । जात्रामा ललितपुरका सत्रौं शताब्दीका राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक खड्गलाई झल्लरवाल छत्रले ओढाएर सम्मिलित गराइने छ । महास्नान देखाउन ललितपुरमा जीवित देवीको रुपमा रहेकी कुमारीलाई पनि लगनखेलमा उपस्थित गराइने छ । प्रत्येक वर्ष बैशाखकृष्ण प्रतिपदाको दिनमा मत्स्येन्द्रनाथको मूतिर्लाई लगनखेलमा ल्याई त्यस ”न्हवूदबु”मा राखी महास्नान गर्ने परम्परा रहदै आएको छ । उक्त दबु रहेको ठाउमा प्राचीनकालमा भक्तपुरका राजा नरेन्द्रदेव, कान्तिपुरमा तान्त्रिक बन्धुदत्त आचाजु र भरियाको रुपमा ललितपुरका ललितज्यापु मिलेर भारत आसामको कामरुपकामाक्षबाट मत्स्येन्द्रनाथलाई कलशमा साधना गरी राखेर ल्याई ललितपुरमा पुग्दा त्यस ठाउमा बिसाएको भन्ने लोककथन रहेको छ ।