सरकारी रकम हिनामिना गर्नेविरुद्ध मुद्दा दायर

वैशाख २, काठमाडौँ –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा जिल्ला यज्ञभूमि गाविस सचिव रमेशबहादुर राजलवट र प्राविधिक सहायक आनन्दकुमार अधिकारीविरुद्ध सरकारी रकम हिनामिना गरेको अभियोगमा विशेष अदालत काठमाडाँैंमा आज मुद्दा दायर गरेको छ । अभियुक्तद्वयले सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सिलसिलामा ९६ जनालाई नक्कली ल्याप्चे सही छाप गरी गराई रु तीन लाख बत्तीस हजार ८०० हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै हदैसम्मको सजायको मागदाबी लिई अदालतलमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । अभियुक्तद्वयले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ द्वारा परिभाषित कसुर गरेको आरोप लगाइएको छ ।