राष्ट्रिय सम्मेलन सम्पन्न/ १९ बुादे घोषणा पत्र जारी

वैशाख २, काठमाण्डौं–“नेपाली मिडियामा दलित समावेशीकरण : चुनौती र भावी रणनीति” विषयक २ दिने राष्ट्रिय सम्मेलन हिजो राजधानीमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ र जागरण मिडिया सेन्टरको संयुक्त आयोजनामा भएको सम्मेलन १९ बुादे घोषणा पत्र जारी गर्दै समापन भएको हो ।
सम्मेलनमा उपत्यकामा क्रियाशिल ३५ जना र उपत्यका बाहिरका ३२ जना गरि ६७ जना दलित समुदायवाट आएका पत्रकारहरुको सहभागिता रहेको थियो । त्यस्तै उपत्यकाका केही गैर दलित समुदायका पत्रकारहरुको पनि सम्मेलनमा सहभागीता रहेको थियो ।
सम्मेलनमा नयाा संविधानमा दलितका अधिकार सुनिश्चित गराउन सञ्चारमाध्यमको भूमिका कस्तो रहन सक्छ, दलित समुदायका पत्रकारहरुको चुनौती र भावी रणनीति के हुन सक्छ, सामाजिक समावेशिता र नेपाली सञ्चारमाध्यम लगायतका विषयमा दुइ दिन सम्म कार्यपत्र प्रस्तुती र छलफल गरिएको थियो ।
आमसञ्चारमाध्यमले सामाजिक समावेशिकरणमा टेवा पुर्‍याउादै दलित समुदायको मानवअधिकारको सुनिश्चतताका निम्ति कसरी महत्वपूर्ण भूमिका खेल्न सक्छन् र आगामी दिनमा यस दिशातर्फ कसरी जाने भन्ने विषयमा सम्मेलनमा व्यापक छलफल भएको थियो ।