एक दिवसीय क्रिकेट आज

वैसाख १,काठमाडौं– एक दिवसीय क्रिकेट प्रतियोगितामा आज समुह चरणका दुई खेलहरु हुदैछन् । त्रिभुवन विश्व विद्यालयको खेल मैदान कीर्तिपुरमा हुने खेलमा क्षेत्र नम्बर ४ भैरहवा र क्षेत्र नम्बर ५ नेपालगन्जबीच तथा पोखरामा हुने खेलमा क्षेत्र नम्बर २ वीरगन्ज र क्षेत्र नम्बर ८ धनगढीबीच प्रतिस्पर्धा हुनेछ । यसअघि हिजो भएको खेलमा क्षेत्र नम्बर ४ भैरहवा र क्षेत्र नम्बर १ विराटनगर विजयी भएका थिए । प्रतियोगिताको समूह एमा डिफेन्डिङ च्याम्पियन एपिएफ, वीरगन्ज, नेपाल आर्मी, बैतडी र पोखरा तथा समूह बी मा क्षेत्र नम्बर ३ काठमाडांै, बिराटनगर, नेपालगन्ज, भैरहवा, जनकपुर र धनगढी रहेका छन् ।