वैसाख १,एजेन्सी–युक्रेनले देशको पूर्वी क्षेत्रका सरकारी भवनहरु रुसी समर्थक बन्दुकधारीले कब्जामा लिएपछि बन्दुकधारीको कब्जाबाट भवनहरुलाई मुक्त गर्न सेना परिचालन गर्ने भएको छ । अन्तरिम सरकारका राष्ट्रपति अलेक्जेण्डर टर्चयोनोफले क्रिमियाको जस्तै अवस्था आउन नदिन पनि सेना परिचालन गर्ने तयारीमा रहेको बताएका छन् । राष्ट्रपतिले देशको सम्प्रभुता रक्षाका लागि सेना परिचालन गर्ने विषयमा संसदमा दिएको सन्देश यस्ता बताइएको हो । रुस समर्थक लडाकुहरुले करिब आधा दर्जन सहरमा हमला गरिरहेका छन् । यसअघि नेटोका महासचिवले पूर्वी युक्रेनका ताजा घटनाक्रमबारे चिन्ता व्यक्त गरेका थिए । संयुक्त राष्ट्रसंघमा अमेरिकी राजदुतले युक्रेनमा भएको बन्दुकधारीहरुको चरणबद्ध हमलामा रुसी घुसपैठ भएको संकेत गरेका थिए ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।