तीन दलको बैठक आज वस्दै

वैसाख १,काठमाडौं–संविधानसभा अन्तर्गतका समिति सभापतिहरु चयन र सरकारले मनोनित गर्ने २६ जनाका विषयमा छलफल गर्न आज पनि प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्ने भएको छ । ५ गतेसम्म समितिका सभापति सहमतिका आधारमा चयन हुन नसकेमा प्रक्रियामा गएर पनि टुंगो लगाउने तयारी संविधानसभा सचिवालयको रहेको छ । त्यसैले समयभित्र सकेसम्म सहमतिमा टुंगो लगाउन तीन दलको बैठक बोलाइएको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो । उहााले एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले उच्चस्तरिय राजनीतिक समिति र संवैधानि–राजनीतिक संवाद तथा सहमति समितिको नेतृत्व आफ्नो दलले पाउनुपर्ने दावी गरेपछि हिजोको बैठक विनानिष्कर्ष टुंगिएको थियो । उपसभापति पौडेलका अनुसार कांग्रेस कुनैपनि हालतमा दुवै समितिको नेतृत्व एमाओवादीलाई दिन तयार छैन । एमाओवादीले उच्चस्तरीय राजनीतिक समितिमा अध्यक्ष दाहाल र संवाद समितिमा बाबुराम भट्टराईराई पठाउने तयारी गरेको छ । बेलुका ५ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने तयारी भएको छ । हिजोको बैठकमा कांग्रेस र एमालेका नेताहरुले एकीकृत माओवादीलाई नै सभापति दिनुपर्ने भए अध्यक्ष दाहाल नै संवाद समितिको सभापति हुनुपर्ने प्रस्ताव गरेका थिए ।