गीतकार क्षेत्रप्रताप अधिकारीको निधन

वैसाख १,काठमाडौं– बरिष्ठ गीतकार क्षेत्रप्रताप अधिकारीको गए राती निधन भएको छ । शनिवारदेखि गंगालाल हृदयकेन्द्रमा उपचार गराइराखेका अधिकारीको हृदय रोगका कारण निधन भएको हो । कविका रुपमासमेत परिचित अधिकारीको उपचारमा संलग्न चिकित्सकहरुले हिजो सााझ सवा ८ बजे मृत घोषणा गरेका थिए ।
अधिकारीको उपचारमा संलग्न चिकित्सकका अनुसार उनको स्वास्थ्यमा सुधार हुन सकेको थिएन् । सयौं गीत तथा कविताका सर्जक अधिकारीका गीत नारायणगोपाल, बच्चुकैलाश, कुन्ती मोक्तान, रामकृष्ण ढकाल लगायतले गाएका छन् । कुनै बेलाका साझा बसका कण्डक्टर अधिकारी पञ्चायतकालमा शिक्षा सहायकमन्त्रीसमेत भएका थिए । ७२ बर्षीय अधिकारीका दुई छोरा छन् । गीतकार अधिकारीले मृत्युपछि आफ्नो शव बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दान दिने घोषणा गरेका थिए ।