नया वर्षको शुभकामना सन्देश

new year cardवैसाख १,काठमाडौं– नया वर्ष २०७१ प्रारम्भ भएको छ । नयाा वर्षको स्वागतका लागि स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । नयाा वर्षको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ । राष्ट्रपति डाक्टर रामवरण यादवले नयाा वर्षको उपलक्ष्यमा सम्पूर्ण नेपालीप्रति सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । शुभकामना सन्देशमा उहााले संविधानसभा निर्वाचनको सफलताले जनतामा ल्याएको उत्साहलाई परिणाममुखी बनाउनुपर्ने बताउनुभएको छ । ‘निर्वाचनको यही सफलताको जगमा उभिएर राजनीतिक दलहरुले आफ्नो चुनावी घोषणापत्रमार्फत गरेको प्रतिवद्धता अनुरुप तोकिएको समयमा संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य मान्यतामा आधारित नयाा संविधान जारी गर्नु हाम्रो प्रथम कर्तव्य हो,’ शुभकामना सन्देशमा राष्ट्रपति यादवले भन्नुभएको छ । देशले शान्ति र विकास चाहेकाले कुनै पनि किसिमको अतिवादले नेपाली जनतालाई आकर्षित गर्न नसक्ने उहाको भनाइ छ । त्यस्तै, प्रधानमन्त्री सुशील कोइरालाले पनि नववर्षको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । ‘नयााबर्ष २०७१ नेपाली जनताले ७ दशकभन्दा लामो संघर्षले प्राप्त गरेका प्रजातान्त्रिक हक अधिकारसहित संघीयता र गणतन्त्र जस्ता महत्वपूर्ण उपलब्धिलाई संस्थागत गर्ने संविधान निर्माण गरी जारी गर्ने ऐतिहासिक बर्षमात्र हुने छैन, विकास निर्माण र आर्थिक उन्नतिको कार्य अगाडि बढाउने प्रस्थानबिन्दु पनि हुनेछ,’ प्रधानमन्त्रीको शुभकामनामा भनिएको छ । यसैगरी पुर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले नयाावर्षको शुभकामना सन्देश दिादै जनचाहना अनुसार परिवर्तनलाई संस्थागत गर्ने र आर्थिक प्रगतिको मार्गमा मुलुकलाई लैजानुपर्ने बताउनुभएको छ । त्यस्तै, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पनि नयाावर्षको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । पहिचानसहितको संघीयता, संघीयता सहितको संविधान र संविधानसभाबाटै संविधान भन्ने मान्यतामा पार्टी दृढ रहेको दाहालको शुभकामना सन्देशमा उल्लेख छ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले राजनीतिक दलले एक वर्षभित्र संविधान निर्माण गर्ने भनी व्यक्त गरेको प्रतिबद्धतालाई भरोसा र विश्वासका साथ एक वर्षमा संविधान दिने दायित्व अब संविधानसभाको भएको उल्लेख गर्नुभएको छ ।