एफएनसीसीआई ४८ औंवर्षमा , नयाा नेतृत्वमा रस्साकस्सी

चैत २८, काठमाण्डा– निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ४८ औं साधारण सभा आजबाट शुरु हुादैछ । महासंघको साधारणसभाले आगामी तीन वर्षको लागि नयाा नेतृत्वसमते चयन गर्दैछ ।
महासंघको आसन्न नयाा नेतृत्वकोलागि दुई समूह प्रतिस्पर्धामा उत्रेका छन् । अध्यक्षमा बर्तमान बरिष्ट उपाध्यक्ष भाक्ष्करराज राजकर्णिकार र उपाध्यक्ष प्रदिपजंग पाण्डेवीच प्रतिस्पर्धा हुादैछ । व्यवसायीहरुवीच सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि निर्वाचनको माध्यमबाटै नेतृत्व छनौटको अवस्थामा पुगेको हो । निर्वाचन हुने भएपछि दुवै पक्षले चुनाबी प्रचार प्रसारलाई तिब्र पारेका छन् । अध्यक्ष सहीत कुल ६१ पदका लागि भएको मनोनयनमा ४ जना निर्विरोध भएका छन् । बााकी ५७ पदका लागि १सय ३२ को उम्मेद्धारी परेको छ । उम्मेद्धार मनोयन फिर्ताको अन्तिम समय आज दिउसो १ बजे सम्म लागि तोकिएको छ । महासंघको विधान अनुसार निर्वाचनबाट चार पदाधिकारी, १६ एसोसियट सदस्य, १२ बस्तुगत, १४ जिल्लातर्फका सदस्य निर्वाचित हुने गर्दछ । यस्तै १ जना राष्ट्रिय र १४ अंचलतर्फका सदस्य निर्वाचित हुने प्रावधान रहेको छ । साधारण सभामा देशभरका १ हजार प्रतिनिधिले सहभागीता जनाउने माहसंघले जनाएको छ । साधारण सभामा आज बन्द सत्र र भोली नयाा नेत्वतृत्वको लागि निर्वाचन हुने कार्यक्रम रहेको जनाइएको छ।