चैत २८, काठमाण्डौ– बिस्केट जात्राको पहिलो दिन गए राती भैरबको रथ तान्ने क्रममा ११ जना घाइते भएका छन् । रथ तान्दा रथले किचेर, भीडमा चेपिएर र ढुङगा हानाहान हुदा उनीहरु घाइते भएका हुन् । घाइतेमध्ये भक्तपुर नगरपालिका १ च्यामासिंहका २१ वर्षका बिष्णु प्रजापतिको भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि मध्यपुर अस्पताल पठाइएको छ । अरु घाइतेको भक्तपुर अस्पतालमा उपचार गरी घर पठाइएको अस्पतालका प्रशासन प्रमुख कृष्णहरि गेलालले जानकारी दिनुभये । साझ ६ बजे तौमढीबाट भैरबको रथ तान्ने क्रममा माथिल्लो टोलका बासिन्दाले आफ्नो टोलतिर रथ तानेपछि तल्लो टोलका वासिन्दाले फेरि तानेर बंशगोपालसम्म झारेका थिए । रथ बंशगोपाल पुगेपछि स्थानीयको एक घरमा रथ ठोक्किएर क्षति पुगे लगत्तै तल्लो र माथिल्लो टोलका वासिन्दाबिच ढुङगा हानाहान भएको थियो । मध्यराती १२ बजेसम्म ढुङगा हानाहान भएपछि प्रहरीले हस्तक्षेप गरी स्थितिलाई नियन्त्रणमा लिएको थियो । रथ तान्ने क्रममा रथले ठोक्किएर ग:हिटीबाट पोटरी स्क्वायर जाने चोकमा रहेको सत्तल पाटी समेत भत्किएको छ । भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने यो जात्रामा गत वर्ष ३ जनाको ज्यान गएको थियो भने १२ जना भन्दा बढी घाइते भएको थिए ।
अन्तरबार्ता
फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो दायित्व – वातावरण विज्ञ अमात्य

साउन २३, काठमाडौं – काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख
विचार
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।
वैज्ञानिक सोच भएका कम्युनिष्टहरू एक हुनैपर्छः माओवादी अध्यक्ष प्रचण्ड

असार ३०, काठमाडौं – नेकपा (माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैज्ञानिक विचार भएका कम्युनिष्ट शक्तिहरू एक हुनुपर्नेमा जोड दिनुभएको छ