राष्ट्रिय क्रिकेट टोलीको क्यानप्रति आक्रोस, आफ्ना माग पुरा नगरेको भन्दै क्रिकेटै नखेल्ने घोषणा

काठमाडौ चैत २७, काठमाडौ –नेपाल क्रिकेट संघ क्यानले खेलाडिहरुसमक्ष गरेको प्रतिबद्धताहरु पुरा नगरेको भन्दै भर्खरै टी ट्वान्टी विश्वकप प्रतियोगितामा सहभागी भएर फर्केका राष्ट्रिय क्रिकेट टोलीले एकदिवशीय राष्टिय क्रिकेट प्रतियोगिता नखेल्ने घोषणा गरेको छ । राष्ट्रिय क्रिकेट टोलीका १६ खेलाडिले बिहिबार राजधानीमा पत्रकार सम्मेलन गरी क्यान समक्ष असन्तुष्टि अघि सारेको हो । पत्रकार सम्मेलनमा नेपाली क्रिकेट टोलीका कप्तान पासर खड्काले वर्तमान क्यानका पदाधिकारीले खेलाडीहरुको माग पुरा नगरेकोले क्यानमा नयाँ पदाधिकारी र व्यवस्थापन आउनुपर्ने बताउनु भयो । आफुहरुको माग पुरा नगरे जारी एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिता र आगमी दिनमा आयोजना हुने अन्तराष्टिय क्रिकेट प्रतियोगिता समेत बहिष्कार गर्ने कप्तान पारस खड्काले बताउनु भयो । यसअघि क्यान पदाधिकारीसंग खेलाडिको मासिक तलब र भत्ता बढाउने, अन्तराष्टिय प्रतियोगिता पछि सम्मान तथा पुरस्कार प्रदान गर्ने, लगायतको प्रतिबद्धता जनाएपनि त्यो कुनै पनि पुरा नभएको अरोप खेलाडिको छ । नेपाली क्रिकेटको विकासको लागि आफुहरुले यस्तो गम्भीर निर्णय लिनुपरेको भन्दै क्यानमा नयाँ पदाधिकारी र व्यवस्थापन टोली नआएसम्म खेलाडिहरुले कुनै पनि प्रतियोगितामा सहभागी नहुने कप्तान खडकोले बताउनु भयो ।